कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल ‘कोमविसाप’ गठन गरिएको छ ।

समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्ने जनाइएको छ । त्यस्तै, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
केन्द्रीय संयोजन समिति १७ जना रहेका छन् । जसको संयोजन पूर्वप्रधानमन्त्री तथा सांसद डा. बाबुराम भट्टराई रहेका छन् । त्यस्तै सांसद प्रदीप गिरि, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले, अर्थशास्त्री डा. कल्याणराज शर्मा, व्यवसायी कृष्ण आचार्य रहेका छन् ।
