कक्षा १०, ११ र १२ को परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि मात्र

Health-Education

कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ ।

कोरोना माध्यमिक शिक्षा परीक्षा (एसईई) ६ चैतका लागि तोकिएको थियो । कोरोना भाइरस (कोभिड १९) का कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।

अब नयाँ परीक्षा तालिका लकडाउन पूर्ण रूपमा खुलेपछि सार्वजनिक गरिने भएको छ ।

यो वर्ष परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सामेल हुँदै छन् ।

त्यस्तै, कक्षा ११ र १२ को परीक्षा पनि प्रभावित हुने भएको छ । कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरसका कारण लकडाउन भएपछि ११ र १२ को पनि प्रभावित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड पर्ख र हेरको अवस्थामा छ ।

‘परीक्षा सार्ने निर्णय भएको छैन,’ परीक्षा बोर्डका एक सदस्यले भने, ‘सरकारले के निर्णय गर्छ । त्यसपछि बोर्डले थप निर्णय लिन्छ । परीक्षा सामग्री सबै तयारी अवस्थामा छ । पर्ख र हेरको अवस्थामा छौँ । ५ वैशाखसम्म लकडाउन भयो भने परीक्षा केही समय पर सर्न सक्छ । यो विषयमा छिट्टै निर्णय गर्छौं ।’