कोरोनाभाइरसको संक्रमनका कारण अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था बिग्रंदै गएपछि सघन हेरचाह कक्ष (ICU) मा सारिएको छ। आइतबार साँझदेखि लन्डनको सेन्ट थॉमस अस्पतालमा भर्ना भएदेखी नै प्रधानमन्त्री जोन्सन डाक्टरहरूको रेखदेखमा थिए। अपरान्हदेखि उनको स्वास्थ्य बिग्रदै गएको हुनाले डाक्टरहरुको सल्लाह अनुसार उनलाई सघन उपचार कक्षमा सारिएको हो । यसका साथै उनले परराष्ट्र सचिव डोमिनिक राबलाई आवश्यक परेमा उनको सहयोगीको भूमिका निभाउन आग्रह गरेका छन् । भेन्तिलेतरको आवस्यकता पर्नेसक्ने कुरालाई मध्यनज़र गर्दै उनलाई सघन उपचार कक्षमा सारिएको अस्पतालले बताएको छ ।
उच्च सतर्कताका साथ् उनको हेरचाह भईरहेको छ र उनको स्वास्थ्य स्थिति सुध्रने अपेक्षा गरिएको छ ।
पहिलो पटकको परिक्षण गराउदा प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना पोजेटिभ देखिएको र १० दिनपछि पुनः परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको हो । कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेनमै बसेर प्रधानमन्त्री निवासबाटै काम गरिरहेको भएपनि पुनः परिक्षणका लागि जोनसनको अस्पताल बसाइलाई रुटिन टेष्टको रुपमा लिइएको बताइएको थियो । जोन्सनलाई गत मार्च २७ तारिखमा कोरोना संक्रमण देखिएको थियो ।