भारत प्रहरी कोरोनाभाइरस प्रकोपको बारेमा जागरूकता फैलाउन नवीन तरीका अपनाउदैछन् ।
यसै क्रममा भारतको नागपुर प्रहरीले ट्वीटरमा मानिसहरूलाई सामाजिक दूरीको अभ्यास गर्न आग्रह गर्यो। यद्यपि उनीहरूले अपनाएको तरीका एकदम चाखलाग्दो छ।
फिल्म “चेन्नई एक्सप्रेस” बाट “एक साधारण मानिसको शक्तिलाई हल्का नठान्नुहोस् “भन्ने डायलग सम्झनुहुन्छ?
नागपुर प्रहरीले सामाजिक दूरीको महत्त्व बुझाउन यहीं संवाद प्रयोग गरेको छ । संवादमा ‘साधारण मानिस’ को सत्ता ‘सामाजिक दूरी’ प्रयोग गरेका छन् ।
नागपुर पुलिसको आधिकारिक ट्विटर ह्यान्डलले फिल्मबाट एउटा फोटो पोस्ट गरेको छ जसमा शाहरुख खान र दीपिका पादुकोण बेन्चमा एक अर्कासँग बसेको देख्न सकिन्छ। “सामाजिक दूरीको शक्तिलाई हल्का नठान्नुहोस्,” क्याप्शनमा लेखिएको छ ।
Don't underestimate the power of Social Distancing!#NagpurPolice pic.twitter.com/AmFGYcAE0C
— Nagpur City Police (@NagpurPolice) April 5, 2020