११ र १२ को परीक्षा स्थगित

Health-Education

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।अर्को सूचना जारी नभएसम्मका लागि परिक्षा स्थगित गरिएको छ ।

सरकारले लकडाउन खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ ग्तेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।