मधेस केन्द्रित दलका नेताहरू कहाँ हराए ?

Politics

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९)को संक्रमणले विश्वलाई आतंकित बनाएको छ । नेपालमा हालसम्म नौ जनामा संक्रमण देखिएको छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले अवधि थप्दै गएको छ । जनता घरभित्र कैदी जसरी बस्नु परेको अवस्था छ । तर, जनता मर्कामा परेका बेला मधेश केन्द्रित दलका नेताहरु मौन बसेका छन् ।

भारतको नाकाबन्दीलाई नेपाली जनताको अधिकारका लागि भन्दै समर्थन जनाएका मधेशवादी दलका नेताहरु अहिले उनै जनता घरमा थुनिएर बस्दा उनीहरुको स्वास्थ्यदेखि अरु अवस्थाबारे जानकारी लिनसमेत निस्किएका छैनन् । स्थानीय र प्रादेशिक नेताहरु सक्रिय देखिए पनि केन्द्रीय नेताहरु संकटका बेला जनताको अवस्था बुझ्न ननिस्केर घरमै बसिरहेका छन् ।

राजनीतिक स्वार्थमा भएका केही प्रदर्शनमा नेताहरुलाई साथ दिएका जनता मर्कामा पर्दा उनीहरुले बेवास्ता गरेका हुन् । मधेशी जनताको  हिमायती ठान्ने उनीहरु अहिले जनताहरु भोकै बस्नु पर्ने अवस्था सृजना हुँदा मौन बसेका हुन् । आफूहरुको नाम भजाएर राजनीतिक स्वार्थ पूरा गरेका मधेश केन्द्रित नेताहरुलाई अहिले मधेशी जनताले खोजिरहेका छन् ।