किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले स्टिङ अपरेसनबाट पक्राउ गरेपछि परराष्ट्र मन्त्रालयले अवैतनिक वाणिज्यदूतहरुले पाउँदै आएको सुविधा तत्कालका लागि खोसेको छ। परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति निकाल्दै अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुले पाउँदै आएको सवारीमा नीलो प्लेट र झन्डा राख्ने सुविधा खोसेको जनाएको छ।
कूटनीतिज्ञका रूपमा अवैतनिक वाणिज्यदूतले सवारीमा नीलो प्लेट र झन्डा राख्न पाउने सुविधा पाए पनि तलब भने पाउँदैनन्।