
ज्यापू समाज यल तथा गुठि संस्थान ललितपुरले आज एक संयुक्त बिज्ञप्ति निकाली रातो मचिन्द्रनाथको रथ निर्माण प्रक्रिया लक्दाउन सकिएपछि सुरु हुने बताएको छ । साथै चैत्र २७ गते सरोकारवालाहरुको न्युनतम सहभागितामा परम्परागत रुपमा स्नान कार्य सम्पन्न गरिएको तर परम्परा अनुसार भोलिपत्र हामोकी अर्थात रथको जग निर्माण कार्य लगत्तै रथ निर्माण कार्य थालिनुपर्नेमा हालको विषम परिस्थितिलाई मद्यनाजर गर्दै लक्दाउन सकिएपछि क्षमा पूजा गरि विधिवत रुपमा निर्माण कार्य थालिने जनाएको छ ।
