वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ। लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएको जात्रा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिन रथयात्रा गर्ने चलन छ।सिमित सरोकारवालाहरु माझ गरिएको महस्नानपछि रथ बनाउने कार्य भने लक्दाउन पछि मात्र सुरु हुनेछ ।
