trump

आफ्नो देशका नागरिक लान नखोज्ने देशहरुमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

International

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्ना नागरिकहरुलाई तत्काल लान नमान्ने देशहरुका नागरिकहरुको भिसामा प्रतिबन्ध गर्ने निर्णय गरेका हुन् ।

उनले ज्ञापन पत्रमा भने, ‘जुन देशले आफ्ना नागरिकहरु वा यहाँ बस्नेहरुलाई लान इन्कार तथा ढिलासुस्ती गर्दछ, वा बिना कारण ढिला गरिरहेको छ, उनीहरुले अमेरिकामा स्वास्थ्य खतरा पैदा गरिरहेका छन् र यो अमेरिकालाई अस्वीकार्य छ ।’

गृह सुरक्षा मन्त्री तथा विदेश मन्त्रीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको कानूनलाई उल्लंघन गर्ने विदेशीहरुलाई स्वदेश पठाउने बताएका हुन् ।

उनले भने, ‘अमेरिकाको नियम उल्लंघन गर्नेहरुलाई देशले उनीहरुको देशमा खबर गर्नेछ । त्यसको ७ दिनभित्र देशले आफ्ना नागरिक लिन आएन भने उनीहरुको भिसामा प्रतिबन्ध लाग्नेछ ।’

एजेन्सीको सहयोगमा