काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नु भएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेको काम र आगामी रणनिती र लकडाउनका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नु भएको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स मार्फत मुख्यमन्त्रीहरुसँग आइपरेका समस्या र समाधानका बारेमा पनि छलफल गर्नुभएको छ ।