लकडाउन उल्लघंन गर्ने १९६० जना नियन्त्रणमा

News

काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ४१ महिला सहित १९ सय ६० जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौबाट सबैभन्दा बढि १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।