कोरोनाको संक्रमण शुरु भएपछि मात्र पछिल्लो एक महिनामा ट्रम्पले एक अर्ब डलरको सम्पति गुमाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अहिले उनका छोरार परिवारका अन्य सदस्यले हेर्��� उनको कारोबार होटल, गल्फ र रियलस्टेट क्षेत्रमा रहेको छ । जसमा कोरोनाका कारण उनले धेरै पैसा नोक्सानी बेहोर्नु परेको छ ।
अहिले ट्रम्पको सम्पति २.१ अर्ब डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । फोर्ब्सका अनुसार उनको रियल स्टेट कम्पनिबोस्टन प्रपर्टिज र वोर्नाडो रियलिटि ट्रस्टको शेयरमा ३७ प्रतिशतसम्म गिरावट आएको फोर्ब्सले उल्लेख गरेको छ ।
फोर्ब्सले एक महिना पहिला ट्रम्प परिवारको सम्पति ३.१ अर्ब डलर रहेको बताएको छ । उनी २०१९ को फोर्ब्स ४०० मा २७५औ स्थानमा थिए ।
सन् २०१७ मा राष्ट्रपति निर्वाचित भएका ट्रम्प अमेरिका\को इतिहासमै अहिलेसम्मका धनि राष्ट्रपति हुन् । न्युयोर्कको म्यानहटटन क्षेत्रमा उनका आधा दर्जन बिल्डिङ रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हालै फोर्ब्सले जारी गरेको विश्वका धनिहरुको सुचिमा १००१औ स्थानमा रहेका छन् ।