अनिश्चितकालका लागि बढाइयो साउदीमा कर्फ्यु

International

३० चैत, काठमाडौं । साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।