काठमाडौँ सहरमा लाखौ मान्छे डेरा गरि बस्छन् । रोजीरोटी, पढाई लगाएत अन्य प्रयोजनका लागि पनि काठमाडौँ बस्ने जमात निकै ठुलो छ । देश संघियतामा गईसकेको अवस्थामा काठमाडौँको जनघनत्व अलि कम हुने अपेक्षा गरिएको थियो । तर केन्द्र सरकार र देशकै राजधानीको पहिचान बनाएको सहरमा दिनहु हजारौ मानिस आऊछन् हजारौ सपना बोकेर , र भरिन्छ काठमाडौँका चोक चोक अनि गल्लि गल्लिहरु र त्यहि मानिसहरु यो सहरलाई संकट परेको बेलामा छोडेर आ-आफ्ना गाउँ, सहर तिर पनि फर्किन्छन् , तर जे होस् यो सहर सपनाको सहर , जति नै संघर्ष गर्नुपरे पनि, जति नै धुलो धुँवा खानु परे पनि सबैलाई आकर्षित गर्छ यो सहरले ! सबैलाई यो सहरमा एउटा स्थायी ठेगाना बनाउने इच्छा जो हुन्छ !!!
मानिसलाई लाग्छ यो सुकिला मुकिलाहरुको मात्र सहर हो , यहाँ सबै घरपति धनि नै होलान ! तर परिस्तिति फरक छ , एक आना भन्दा कममा बनेको एक नाले घरमा बसेर एउटा पसल र एउटा कोठाको भाडाको भरमा गुजारा चलाउने पनि थुप्रै छन् । कतिको त आयश्रोत नै घरबहाल नै हो । एक हिसाबले बाहिरबाट बिशेष कामले लामो समयसम्म आएर बस्ने मानिसहरुमा आश्रित छ केहि हदसम्म काठमाडौँको अर्थतन्त्र !
हालै कोरोना कहरले आक्रान्त बनाएको अवस्थामा सरकारले घरधनीहरुलाई भाडा छुट गर्न आग्रह गरेको छ । कसै-कसैले , अथवा भनौ सक्नेले स्व-स्फुर्त रूपमा भाडा छुट पनि गरिदिएका छन् , सरकारले पनि भाडा छुट गर्ने घरपतिलाई कर छुट गर्ने भनेको छ । तर भाडा छुट अनिबार्य छैन र यो सबैका लागि पनि होइन , सरकारले स्थायी रोजगारी नभएका र दैनिक ज्यालादारी गरिखाने मजदूरवर्गलाई लक्षित गरि भाडा छुटको आग्रह गरेको हो ।
अहिलेको स्थितिमा भाडावाल पनि उत्तिकै पिडित छन् र घरबेटी पनि त्यत्ति नै पिडित , किनभने देश ठप्प छ ,
धेरै घरभाडामा बस्नेहरु लकदाउन अगाडी नै भाडा नबुझाइ गाउँ गएकाले घरपतिहरु पनि समस्यामा परेको गुनासो गर्न थालेका छन् , अर्कोतर्फ भाडामा बस्नेहरु पनि काम बन्द गरेर बस्नुपर्दा घरभाडा बुझाउनै मुस्किल हुने अवस्थामा पुगेका छन् । तर यति भन्दै गर्दा सबै घरपति भाडामा मात्र आश्रित छैनन् र सबै डेरावाल भाडा दिने हैसियत नभएका होईनन !! यहाँ तिन चारवटा घर भएका घरपति पनि छन् र सिङ्गै घर वर्षौ देखी भाडामा लिएर बसेका डेरावाल पनि छन् , यस्तो मा सरकारले वास्तविक पिडित पहिचान गर्न स्थानीय निकायलाई जिम्मा लगाएर पिडित पहिचान गरेर पिडित भाडावाल भए भाडा छूट गराउने वा राहत चाहिने खालका घरपतिलाई राहत उपलब्ध गराए राम्रो हुन्थ्यो ।
– छुच्चो मुख