घरदेखि टाढा बस्न बाध्यलाई घर पुर्‍याइदिन माग गर्दै सर्वोच्चमा रिट

News

काठमाडौं, ३० चैत । लकडाउनका कारण घरदेखि टाढा बस्न बाध्य भएकालाई घर पु¥याइदिनु भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा र सञ्जय अधिकारी लगायतले टाढा भएको घर जान पैदलै हिँडेका मजदूरहरू, सहरमा पढ्न आएका विद्यार्थीहरूको लगत संकलन गरी कोरोना परीक्षण गरी घर पठाउन माग गर्दै आइतबार रिट हालेका हुन् ।

सोलुखुम्बुदेखि पैदलै कैलालीसम्म हिँडेका मजदूरहरूको कथालाई उदृत गर्दै रिट निवेदकहरुले असुरक्षित हिँड्न दिनुभन्दा सुरक्षित तरिकाले घरसम्म र्पुयाइदिनु पर्ने जिकिर गरेका छन् । रिटमा उपत्यका लगायतका सहरमा बस्न गाह्रो भए पनि जान नसक्ने गरी बिरामी परेका, शारीरिक दुर्बलता भएकालाई समेत सुरक्षित र स्वस्थ स्थानमा राख्न पनि माग गरिएको छ ।

रिट निवेदकहरूले कोरोनाको डरका बेला घरबाट टाढा बस्न परेकाहरूलाई मनोसामाजिक परामर्श दिने व्यवस्था गर्न माग समेतगरेका छन् । त्यस्तै, संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न पनि रिटमा माग गरिएको छ ।