सनसिटीमा कोरोना भाइरस संक्रमण देखिएका २ जनासँगै कतार एयरवेजको QR 644 विमानमार्फत ४ चैत गते १ सय ५३ जना आएको खुलेको छ । उनीहरू सबैको ठेगाना पत्ता लगाउने काम भइ रहेको छ । उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएको खुलेको छ ।
बेलायतबाट नेपाल आएका एकै परिवारका ३ मध्ये २ व्यक्ति ५९ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको हो । अर्का व्यक्तिको नमुना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले उनीहरूको ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।