सिरहामा प्रहरी र स्थानीयबीच झडप

News

सिरहा नगरपालिका १७ पटेर्वा गाउँमा सोमबार राती लकडाउन निगरानी गर्दै गस्तीमा खटिएका प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । त्यसमा ५ प्रहरी र केही स्थानीय घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गरेका छन् । १४ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् । पटेर्वा गाउँमा स्थानीयको भीडभाड हटाउने क्रममा प्रहरीसँग विवाद सुरु भई झडप भएको थियो । स्थानीयको ढुगांमुढाबाट प्रहरीको गाडीमा पनि क्षति पुगेको छ । घटनाबारे थप छानबिन भइरहेको छ ।