त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गएको घटना सेलाउन नपाउँदै राजधानीमा फेरि त्यस्तै घटना घटेको छ । बिरामीको लागि औषधि किन्न मेडिकल गएका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको हो । कलंकीमा मेडिकलमा औषधि किनेर डेरातर्फ फर्किँदै गरेकी महिलामाथि नगर प्रहरी कार्यालयका प्रहरी टोलीले निर्घात कुटपिट गरेको हो। कुटपिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । हेल्थ पाटी युटुब च्यानलले सार्वजनिक गरेको भिडियोमा प्रहरी र तीन जना सर्वसाधारणबीच सामान्य भनाभन भएको देखिन्छ । तीमध्ये दुई जना महिलाले हातमा औषधिको पोको बोकेका छन् ।विवादकै क्रममा एकाएक प्रहरी टोलीले निर्घात कुटपिट गरेको देखिन्छ । महिलामाथि अन्धाधुन्ध लाठी बर्साइएको छ ।
औषधि बोकेको सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । कारबाही गर्नुपर्ने आवाज समेत उठेको छ।