चितवनबाट हिंडेर धादिंग फर्किंदै गरेका एक युवकको बाटोमै मृत्यु

News

चितवनमा काम गर्दै गरेका र लकदाउनका कारण पैदल नै घर फर्केका एक युवकको गए राती धादिंग र गोरखा जिल्ला जोड्ने सस्पेंशन ब्रिजबाट खसेपछि मृत्यु भएको खबर छ।

मृतकको परिचय बाजाघर , ज्वालामुखी ग्रामीण नगरपालिका धादिंग निवासी होमबहादुर राणा मगर भएको खुल्न आएको छ । बुन्कोटघाटका स्थानीयवासीले महामारीलाई ध्यानमा राखी केही दिन अघि पुल अवरुद्ध गरेका थिए। अवरुद्ध पुलका कारण स्थानीयहरूलाई पनि आउजाउ गर्न समस्या सिर्जना भएको थियो ।

“हिजो राती उनले आफ्नो परिवारलाई आफू आउँदैछु सम्पर्क गरेका थिए र पुलमा उसलाई स्वागत गर्न भनेका थिए । उनका परिवार उनलाई भेट्न गए तर उनलाई भेटेनन्, “ज्वालामुखी ग्रामीण नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष कृष्ण प्रसाद कपरीले भने।

उनका परिवारले शंकाको आधारमा चारैतिर खोजि गर्दा उनको सव भोलिपल्ट बिहान पुल मुनि फेला परेको थियो ।

मृतकको परिवारका स्रोतका अनुसार मगर लकडाउन हुनुअघि चितवनमा आफ्नो परिवारसँग बस्दै आएका थिए। लकडाउन सुरु भएपछि भने उनकी श्रीमती केही दिन अघि घर फर्केका थिए ।

मगर लकडाउन समाप्त हुने भन्ने आशामा उतै बसेका थिए ,तर समस्या यति छिट्टै अन्त नहुने देखेपछि उनि हिजो घरतर्फा प्रस्थान गरिसकेका थिए। “स्थानीयले लकडाउन पूर्ण पालना गराउनका लागि पुल बन्द गरेका कारण जबर्जस्ति पुल पार गर्ने क्रममा ऊ खसेको हुन सक्छ” कपरीले भने।

धादिन्गका धेरै स्थानहरूमा आवागमन रोक्न सडकमा अवरोधहरू राखिएको छ।