मजदूरलाई हिँडेर घर जान नदिने सरकारको निर्णय

Politics

काठमाडौं । सरकारले मजदूर खानबस्नको समस्या भएपछि हिँडेरै जान थालेपछि थप कडाइ गर्ने भएको छ । मजदुरलाई सरकारले खानबस्नको उचित व्यवस्था नगरेर बिचल्लीमा पारेको भन्दै चर्को आलोचना भइरहेको बेला सरकारले थप अकलोकप्रिय निर्णय गरेको हो ।

बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्रीले मजदूरलाई गाउँ जानबाट रोक्न निर्देशन दिएका हुन् ।