७५ जिल्लामा कोरोना भाइरस परीक्षण सेवा उपलब्ध

News

काठमाडौं, वैशाख ०५ः नेपालका ७५ जिल्लामा कोरोना भाईरस सम्बन्धि परीक्षण सेवा पुगेको छ ।

सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लामा परिक्षण भैरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा र्‍यापिड डाईग्नोष्टिक परिक्षणकालागि सातै प्रदेशमा हालसम्म करिब ७० हजार किट पठाईएको छ । आजमात्र ३० हजार किट पठाईएको छ ।

नेपालमा हालसम्म २४ हजार २ सय ५३ जनाले कोरोना सम्बन्धि परिक्षण गरिएको छ । गत २४ घण्टामा ४ हजार ८ सय २२ जनाको परीक्षण गरिएको थियो ।

अहिले नेपालमा ४ हजार ६ सय ७ जना क्वारेण्टाईनमा तथा १ सय ९० जना आईसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको कल सेण्टरमा गत २४ घण्टामा २ हजार ६ सषय ३२ जनाले कोरोना सम्बन्धि जिज्ञासा राखेका थिए ।

हालसम्म स्वास्थ्य मन्त्रालयको एप्स तथा वेभपेजमा कोरोना सम्बन्धि संक्रमणको स्वमुल्याकनका लागि १८ हजार २ सय ८ जनाले दर्ता गरेका छन् ।

सुदुर पश्चिममा कोरोना सम्बन्धि उपचार सम्बन्धि कार्यमा संलग्न हुनका लागि त्रिभुवन विश्व बिद्यालयमा एमडिएस तहमा अध्ययन गरिरहेका ३४ जना चिकित्सकहरुलाई पठाईएको छ ।