जनकपुर । प्रहरीले पैसा फयाँकेर त्रास फैलाउने दुई म���िला पक्राउ परेका छन् । उनीहरु जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
जनकपुरको महावीरचोक सडकमा पैसा फँयाकेर भागेका उनीहरका कारण त्रास फैलिएको थियो । उनीहरुमाथि कोरोना भाइरस फैलाउन पैसा फालेको भन्दै आतंक मच्चिएको थियो ।
त्यसपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले शुक्रबार महावीर चोकमा पैसा फालेर भागेका थिए । प्रहरीले शुक्रबार १२:३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान अगाडी बढाएको थियो । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।