मकवानपुर थाहा नगरपालिका टिष्टुंगको बज्रबाराही जात्रा पनि स्थगित भएको छ । प्रत्येक ३ वर्षमा एकचोटी बुद्ध पूर्णिमाको दिनलाई आधार मानि त्यसपछिको आउने शनिबार, आइतबार र सोमबार टिष्टुंगको बज्रबाराही जात्रा गर्ने परम्परा रही आएकोछ । कोरोना संक्रमणको कारणले सम्पूर्ण जात्राप्रेमीको सुस्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी बैठकको निर्णय अनुसार अब अर्को वर्ष मात्रै यो जात्रालाई निरन्तरता दिने भनी सूचना जारी गरिएको हो ।
नेपालको विभिन्न ठाउँमा रहेको बज्रबाराहीहरुको आमाको स्वरुपमा टिष्टुंगका बज्रबाराहीलाई मान्ने गरिन्छ । डर,त्रासका साथै आफ्नो मनोबल बढाउनुका साथै सम्पूर्ण प्राणीमा शक्ति संचय गर्न सकोस् भनी यस बज्रबाराहीको भाकल गर्ने गरेको स्थानीयहरु बताउँछन् । त्यही भाकल पुरा भएपछि सोही ठाउँका स्थानीय लगायत टाढा टाढा गाउँका भक्तजनहरु पनि भाकल पूरा भएकयो तीन दिनको जात्रामा पूजा आउने गर्दछ ।