संक्रमित संख्या ३१ पुग्यो : ६५ बर्षीय पुरुषमा कोरोना पुष्टि

Health-Education

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६५ बर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

ती पुरुष उउदयपुरको मस्जिदको भएको मन्त्रालय स्रोतले जनाएको छ।

उनी नेपाली वा भारतीय को हुन भन्ने बारेमा केही खुलेको छैन।

यसअघि नेपालमा ३० जना संक्रमित रहेका थिए । जसमध्ये ३ जना उपचार पछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रवार मात्रै नेपालमा १४ जना संक्रमित थपिएका थिए ।