कोभिड–१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा

Health-Education International

कोरोना भाइरस (कोभिड १९) को उपचारमा सक्रियरुपमा अग्रपंत्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा रुना झा पनि छनोटमा पर्न सफल भएकी छन् ।  युएन ओमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीअन्तर्गत जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झालाई समावेश गरेको हो ।

संकटका बेला डा।झाले देखाएको कार्यकुशलता र सक्रियताको आधारमा डा झालाई शीर्ष पाँच महिलाको सूचीमा राखिएको बताइएको छ ।  प्रयोगशालामा अबेरसम्म बस्नु सामान्य जस्तो भएको छ ।

प्राविधिक कामको साथै अतिरिक्त, यातायात र खानाको प्रबन्ध गर्ने जस्ता काम पनि व्यवस्थापन गर्नुपर्छ, उनले भनिन् । चिकित्सकको टीमको ख्याल राख्नु झाको लागि उच्च प्राथमिकता हो । चीनको वुहानबाट ल्याइएको १ सय ७५ विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको थियो । पहिलोपटक क्वारेन्टाइनमा प्रवेश गर्न उनको समूह थियो । उनीसँगै काजिकस्तान,चीन,जोर्डन,क्यारावियन अन्य महिला पनि समावेश भएका छन् ।