सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

News

काठमाडौँ – स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार, सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जनै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।  घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सिंहदरबार अघाडी नेपाल प्रहरी र chinese नागरिकको भिडन्त । restricted area मा प्रहरी माथी हात हाल्दै ।आजको exclusive vdo.( कारण : we want to go home )

Posted by Hemanta Gautam on Friday, May 8, 2020

भिडियो साभार : हेमन्त गौतम को फेसबुकबाट