अन्तर्राष्ट्रिय नर्स दिवस, को हुन् फ्लोरेन्स नाइटिंगेल ?

Health-Education

प्रत्येक वर्ष १२ मे (फ्लोरेंस नाइटिंगेलको जन्मको वार्षिकोत्सव) को दिन नर्सहरूले समाजमा योगदान पुर्‍याएको योगदान सम्मान गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस मनाईन्छ ।

को हुन् फ्लोरेन्स नाइटिंगेल (Florence Nightingale) ?
फ्लोरेंस नाइटिंगेल एक समाज सुधारक र तथ्याङ्कविद् थिए, र आधुनिक नर्सिङ्गकी संस्थापक थिए।
नाइटिंगेललाई ख्याति प्राप्त तब भयो जब उनले क्राइमियन युद्धको दौडान प्रशिक्षित नर्सहरूको प्रबन्धकको रूपमा काम गरिन्, जहाँ उनले घाइते सेनालाई उपचार गर्ने प्रबन्ध मिलाइन्। उनले नर्सिङ्ग सेवालाई अत्यन्तै प्रतिष्ठा दिलाए र भिक्टोरियन संस्कृतिको मूर्ति मानिन थालिन। विशेष गरी “दि लेडी विद द ल्याम्प ” को रूपमा चर्चा कमाइन् किनकि उनि हर रात रातमा घाइते हातमा लालटिन बोकेर घाईते सैनिकहरूको उपचार गर्न तल्लिन हुन्थिन ।

महिलाका लागि नर्सिङ्ग क्षेत्रमा व्यावसायिक भूमिका निर्वाह गर्ने कार्यमा उनको निकै ठुलो योगदान छ । सन् १९६० मा नाइटिंगेलले लन्डनको सेन्ट थॉमस अस्पतालमा नर्सिंग स्कूलको स्थापनासँगै व्यावसायिक नर्सिङ्गको आधारशिला राखे। यो विश्वको पहिलो सेक्युलर नर्सिङ्ग स्कूल थियो, जुन अहिले किंग्स कलेज लन्डनको अंश हो। नर्सिङ्गमा उनको अग्रगामी कार्यको सम्मानका लागि, नर्सिङ्ग क्षेत्रमा योगदान पुर्याउने नर्सहरुलाई सम्मान गर्न्र तथा उनको सम्मानमा उच्च अन्तर्राष्ट्रिय पदक फ्लोरेन्स नाइटिंगेल पदकको स्थापना पनि गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय नर्स दिवस विश्वभर प्रत्येक वर्ष १२ मे मा फ्लोरेंस नाइटिंगेलको जन्मको वार्षिकोत्सवको दिनमा मनाइन्छ।

विश्वभर अग्रपंक्तिमा रही कोरोन महामारी बीच समाजलाई स्वास्थ्य सेवा दिंदै लडिरहेका सबै नर्स तथा स्वास्थ्यकर्मिहरुलाई अन्तर्राष्ट्रिय नर्स दिवस (International Nurses Day) का  अवसरमा english.instakhabar.com को हार्दिक कृतज्ञता अनि नमन !