Corona

फेरी १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०८

Health-Education

काठमाडौं ।केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । एकैदिन ७४ जनामा कोराना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन संक्रमितको संख्या ७४ पुगेको हो । मंगलवार विहान एकैपटक ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २०८ पुगेको छ ।

मंगलवार दिउँसो मात्र मन्त्रालयले नियमित मिडिया ब्रिफिङ गर्दै आज बिहान थपिएका संक्रमितहरुमध्ये पर्सा��ा ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको बताएको थियो । आज थपिएका सबै संक्रमित पुरुष हुन् । तिमध्ये दुईजना पत्रकार रहेको बुझिएको छ ।

यस अघि सोमवार बिहान र साँझ पुष्टि भएका २४ संक्रमित थपिएर संक्रमित संख्या १ सय ३४ पुगेको थियो । आज (मंगलवार) बिहान थपिएका र अहिले पुष्टि भएका १७ जना गरि नेपालमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २सय ८ पुगेको छ।

हिजो (सोमबार) पहिलोपटक बर्दियामा ११ वर्षिय महिलामा कोरोना पुष्टि भएको थियो ।

कपिलवस्तुमा संक्रमित बढेसँगै हिजो देखिनै पुरै जिल्ला सिल गरिएको छ ।

कोरोनाबाट बच्न सावधानीस्वरुप लकडाउनको नीति लिईएको आज मंगलबार ४९ औँ दिन पुगेको छ । तर लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना पुष्टि हुन थालेपछि नेपालमा थप भय सिर्जना भएको छ ।

पछिल्लो समय लकडाउन खुकुलो बन्दै जाँदा संक्रमित ह्वात्तै बढेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नेपालमा पनि तीव्र रुपमा संक्रमितको संख्या बढेको छ ।

हालसम्म नेपालमा ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा पिसीआर विधीबाट १८ हजार ९ सय ६४ वटा परीक्षण भएको छ । आरडीटि विधीबाट ५९ हजार ६ सय २७ वटा परीक्षण भएको छ ।

गत २४ घण्टामा मात्रै २ हजार २ सय ३६ वटा परीक्षण भएको छ । आरडीटि विधीबाट प्रदेश नम्बर १ मा ८ हजार ६३ वटा जाँच गरीएको छ भने प्रदेश २ मा ५ हजार ९ सय ३५ वटा, वाग्मती प्रदेशमा ९ हजार ३ सय १६ वटा, गण्डकी प्रदेशमा ६ हजार ५ सय १४ वटा, प्रदेश ५ मा ७ हजार २ सय २१ वटा, कर्णाली प्रदेशमा ७ हजार १ सय ६३ वटा, सुदूरपश्चिम प्रदेशमा १५ हजार ४ सय १५ वटा गरी कुल ५९ हजार ६ सय २७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म १२ हजार ७ सय ८५ जना क्वारेन्टाईनमा बसेका छन् । जसमध्ये प्रदेश १ मा ९ सय ७४ जना, प्रदेश २ मा १ हजार ५ सय ३४ जना, वाग्मती प्रदेशमा ९० जना, गण्डकी प्रदेशमा २९२ जना, प्रदेश ५ मा ५ हजार ४४२ जना कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ जना सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ५४ जना क्वारेन्टाईनमा छन् ।

यस्तै हालसम्म २ सय २८ जना आईसोलेसनमा रहेका छन् । जसमध्ये काठमाडौंमा १ जना छन् । प्रदेश १ मा २५ जना, तिमध्ये १९ जना पुष्टि भएका १ ६ जना शंकास्पद बिरामी छन् । उनीहरुको जाँच भइरहेको छ । प्रदेश २ मा ८० जनामध्ये ६८ जनामा पुष्टि भएको छ भने १२ जना शंकास्पद बिरामी, वाग्मती प्रदेशमा २५ जनामध्ये १ जनामा पुष्टि र २४ जना शंकास्पद बिरामी, प्रदेश ५ मा ९८ जनामध्ये ७० जनामा पुष्टि भएको छ भने २८ जना शंकास्पद बिरामी छन् ।

वीरगञ्ज २ जना पत्रकारलाई कोरोना संक्रमण भएपछि एउटा गम्भिर प्रश्न उठेको छ । त्यो हो उनीहरुमा संक्रमण पुष्टि भए क-कसलाई परीक्षण गर्ने ? के यो सम्भव छ त ?
आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये २ जना पत्रकार पनि संक्रमित भएको बुझिएको छ । प्रदेश नम्बर २ को पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या ६४ जना पुगेको छ । आज मंगलबार मात्रै पर्सामा कोरोना भाइरस संक्रमित ३९ जना थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो । यसअघि छपकैयामा भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।

संक्रमित पत्रकारहरु फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकार रहेको बुझिएको छ ।

क्रियाशिल ३९ जनामध्ये दुई जना पत्रकार सम्पर्कमा आएको नारायणी अस्पतालले जनाएको छ। अब उनीहरु रिर्पोटिङको लागि कहाँ कहाँ पुगेका थिए भन्ने बारेमा जानकारी लिईदैछ । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो ।