काठमाडौं । गुल्मिमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गुल्मिका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।नेपालमा यो समाचार तयार पार्दासम्म जम्मा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ भने ति मध्ये २ जनाको मृत्यु भईसकेको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
जम्मा संक्रमितमध्ये मध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।