कल्पना महर्जन एकै दिन दुवै मोहोडाबाट सर्वोच्च शिखर चुम्न सफल

जेठ ११, ललितपुर सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडाबाट सफल आरोहण गर्न सफल हुनु भएको छ। उत्तरी मोहोडाबाट २३ मे २०१ ९ (२०७६ जेठ ९ गते बिहिबार) बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गर्नु भएको हो। उहाँले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट २० मे २०१८ (२०७५ जेठ ९ गते) सफल आरोहण गर्नु भएको थियो भने उत्तरतर्फको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथाशिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमानी बन्न सफल हुनु भएको तथा सम्भवत दुवै मोहोडाबाट एकै महिनाको एउटै तारिख र एउटै गतेका दिनमा सगरमाथा शिखर चुम्ने प्रथम व्यक्ति कल्पना महर्जन भएको पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि.का निर्देशक रबिन्द्र महर्जनले बताउनु भयो।

शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान -२०१ ९ को नारा सहित पत्रकार तथा महिला सगरमाथा आरोही महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको ल्हासातर्फ २०७५ चैत २८ गते प्रस्थान गरेकी महर्जनले ४३ औं दिनमा सर्वोच्च शिखर दोस्रो पटक सफलतापूर्वक चुम्न सफल हुनु भएको हो। ललितपुर महानगरपालिका स्थापनाको १०० औं वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल हुनु भएको छ। शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, युनाईटेड सिमेन्टस, मैजान आयल, श्री दक्षिण बाराही ईटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेसन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयर,ग्रेस ई न्टरनेशनल कन्सल्टेन्सी, एटिटिएसएच समेतका संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ।