२०७७ जेष्ठ ०९ : काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन् ।