रुपन्देहीका सात सङ्क्रमित भारतबाट आएका थिए

Health-Education

बुटवल, जेठ ९ गते । रुपन्देहीको गैडहवा गाँउपालिकामा आज सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा सङ्क्रमण भेटिएको हो ।
सङ्क्रमित सबै भारतको मुम्बइ र दिल्लीबाट आएका हुन् । उनीहरू सबै पुरुष हुन् । १२ दिनअघिदेखि गाउपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका थिए । गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटका अनुसार सङ्क्रमण देखिएका छ व्यक्ति जोगडा मावि र एक जना नवदुर्गा माविको क्वारेन्टाइनमा बसेका छन् ।