११ जेष्ठ, एजेन्सी । तालिवानले तीन दिन युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण चाडपर्व ईद(उल(फित्रको अवसरमा तालिवानले अफगान सरकारसँग तीन दिने युद्धविरामको घोषणा गरिएको हो ।पछिल्ला केही हप्तादेखि कट्टरपन्थीहरुले सरकारी सेनाविरुद्धको कारवाही तीव्र पारेका छन् । राष्ट्रपति अशरफ घानीले तालिवानी लडाकूहरुको युद्धविरामको घोषणाको स्वागत गरेका छन् ।उनले सरकारी सेनाले पनि उक्त युद्धविरामको पालना गर्ने बताएका छन् । तालिवानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले दुवै पक्षले युद्धविरामको पालना गर्नेमा आफू आशावादी रहेको बताएका छन् । तालिवानले सशस्त्र युद्ध सुरु गरेपछि अस्थायी युद्धविराम गरेको यो तेस्रो पटक हो । लामो समयदेखि युद्धरत पक्षबीच वार्ता गराउने अन्तर्रा्ष्ट्रिय प्रयासहरु भइरहेपनि पूरा हुन सकेका छैनन् ।अफगानिस्तान र अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरुले फेब्रुअरीमा तालिबान र अमेरिकबीच सेना फिर्ता गर्नेबारे सम्झौता भएसँगै दुवै पक्षबीच हिंसा कम हुने अपेक्षा गरिएको थियो ।य ही महिनाका सुरुमा राजधानी काबुलमा रहेको एक अस्पतालको प्रसुती वार्डमा भएको आक्रमणले तालिवानीहरुको व्यापक आलोचना भयो । उक्त घटनालगत्तै राष्ट्रपति घानीले लालिवानीविरुद्धको कारवाहीलाई तीव्र पार्न निर्देशन दिएका थिए ।