सिरहामा थप ५ जनामा कोरोना संक्रमण

Health-Education

सिरहा,१३ जेठ ।  सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए।कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ।योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।