२०७७ जेष्ठ १३ : काठमाडौँ – रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।
सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।