आजमात्रै १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८३

Health-Education

२०७७ जेष्ठ १३ : काठमाडौँ – सप्तरीमा आज थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताउनु भयो ।

उनीहरूमध्ये एकजना महिला र बाँकी सबै पुरूष हुन् । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार बोदेबर्साइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना रहेका छन् ।

११ जनालाई नै राजविराजस्थित् गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिएको छ । केही दिनअघि मात्रै उनीहरू भारतबाट नेपाल फर्किएका थिए ।

सीमानाकादेखि उनीहरूलाई क्वारेन्टाइन लगिएको थियो । योसहित नेपालमा संक्रमितको संख्या ७८३ पुगेको छ ।

४ जनाको मृत्यु भइसकेको छ भने ११५ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।