काठमाडौं, १४ जेठ । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा एकैपटक यतिधेरै संख्यामा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।
मंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो ।
नेपालमा कुल संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् भने हालसम्म ४ जनाको मृत्यु भएको छ ।