कोरोनाको कारण थप एक जनाको मृत्यु, मृतक कलेजोको बिरामी थिए

Health-Education

काठमाडौं । नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला भैसेपाटी घर भएका ५१ वर्षीय पुरुष रहेका छन् । उनी कलेजोका बिरामी भइ किष्ट अस्पतालमा उपचार गराइरहेका थिए । उनको बुधवार(आज) बिहान ७ बजे मृत्यु भएको स्रोतले बताएको छ । उनको स्वाब कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मृतकको शव किष्ट अस्पतालमा नै रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्ध रहेका छन् । नेपालमा आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । १८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । संक्रमितमध्ये ७९६ जना पुरुष छन् भने ९० जना महिला रहेका छन् । नेपालमा हालसम्म २ महिले शिशुदेखी ८४ वर्षिया सम्मलाई कोरोना देखिएको छ । हालसम्मको विवरण हेर्दा तुलनात्मक रुपमा पुरुष संक्रमित बढी छन् । हालसम्म नेपालका सातै प्रदेश र ४७ जिल्लामा संक्रमिण पुष्टि भइसकेको छ । आज थप एउटा जिल्ला रुकुमपूर्वमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसीआर जाँचबाट ५८ हजार २ सय ७७ जनाको जाँच गरिएको छ भने आरडीटि विधीबाट १ लाख २ हजार ८७ जनाको जाँच गरिएको छ । हाल देशभरका क्वारेन्टाईनमा ७० हजार ३ सय ५ जना छन् । त्य��्तै देशभरका आईसोलेसनमा कुल ६९९ जना उपचाररत छन् ।