काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले युद्धका लागि आफ्ना सेनालाई तयार रहन आदेश दिएपछि चीनका सेनाले भारत र चीन सीमावर्ती क्षेत्र लद्दाख नजिकै दुई फाइटर जेट्स विमान तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले सीमावर्ती क्षेत्र लद्दाखमा आफ्ना सेना मात्र नभएर दुई लडाकु विमान जे ११ र जे १६ एस तैनाथ गरेको हो ।
Recent satellite images via @sbreakintl @PlanetLabs
show a large area parallel to the runway at #Ngari Gunsa dual use airbase being rapidly developed since April 2020, as tensions between #India & #China continue to rise pic.twitter.com/1S2XQKHjZS— d-atis☠️ (@detresfa_) May 23, 2020
चीनले नगरीगुन्सा एयरबेसमा दुई लडाकु विमान तयार पारेको कुरा स्याटेलाइटको तस्वीरबाट पत्ता लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
त्यहाँ विभिन्न अन्य लडाकु विमान पनि ल्याण्डिङ भएको बताइएको छ । साथै चीनले उक्त क्षेत्रमा नयाँ हवाई पट्टीको निर्माण शुरु गरेको बताइएको छ ।