२०७७ जेष्ठ १५ : काठमाडौँ – अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए ।
कोरोनाबाट बढी मानवीय क्षति हुनुमा ट्रम्पको कार्यशैली जिम्मेवार भएको भन्दै उनका आलोचकहरुले आरोप लगाउँदै आएका छन् । संक्रमण र मृत्युलाई रोक्न सरकारले चाल्नुपर्ने प्रभावकारी कदम नचालिएको आलोचकहरु बताउँछन् । आफूलाई विश्वकै शक्तिशाली देश भन्ने अमेरिका कोरोनाविरुद्धको लडाइँमा भने निरीह देखिएको छ ।।