थप १५६ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १ हजार ४२

Health-Education

२०७७ जेष्ठ १५  : काठमाडौँ – आज एकैदिन थप एक सय १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पाइएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा पोजेटिभ देखिएको छ  । डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा ८ सय ५० जना संक्रमित रहेका छन् । आजसम्म एक सय ८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रवक्ता देवकोटाले अहिले देशभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो ।