संक्रमितलाई लिन जाँदा एम्बुलेन्समा ढुंगामुढा

News

रौतहट । वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनकै अवधिमा रौतहट प्रहरीमाथि पटक–पटक आक्रमण भएको छ । पछिल्लो २४ घन्टा भित्र तीन स्थानमा प्रहरीमाथि आक्रमण भएको हो । स्थानियहरुको आक्रमणबाट प्रहरीको टाउको फुटेको छ अन्यलाई चोटपटक लागेको छ । आक्रमणकारीले प्रहरीको पोशाक अर्थात युनिफमसमेत च्यातेका छन् भने सवारीसाधनमा समेत क्षति पुर्याएका छन । गत राति ९ बजे मौलापुर नगरपालिका वडा १ मर्यादपुर गाँउमा एकजना वडा सदस्य ओमप्रकाश कुश्वाहा दाजुुभाइको झगडा भइरहेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी निरिक्षक राकेश यादवको कमाण्डमा घटनास्थल पुुगेको प्रहरी टोलीले भिडलाई तितर बितर गर्न सामान्य लठीचार्ज गरेकोे थियो । तर, लाठीचार्ज गरेको भन्दै गाउँले प्रहरीमाथि नै जाइलागेका थिए ।