दर्ता भएन संविधानका ९ बुँदामा संशोधन गर्ने राजपा नेताहरुको प्रस्ताव

Politics

२०७७ जेष्ठ १६: काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेकोमा संसद सचिवालयले अस्वीकार गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर संसदका महासचिव भरतराज गौतमले सभामुखसँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन् ।

उहाँले  आइतबार दर्ता हुने नहुने जानकारी दिने बताएको राजपाका नेता नेता केशव झाले बताउनु भयो  । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको थियो ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए । तर सरकारले आफ्नो माग सम्बोधन गर्ने सम्भावना नदेखेपछि राजपा नेताहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा फेल भएको विधेयकलाई नै फेरि दर्ता गर्न खोजेको छ ।