२०७७ जेष्ठ १७ : काठमाडौँ – नेपालमा थप १८९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १४०१ पुगेको छ । शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।