प्युठानमा क्वारेन्टिनमा मृत्यु भएकाको पिसिआर नेगेटिभ

Health-Education

२०७७ जेष्ठ १७: काठमाडौँ  – प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी  महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए । उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र  दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।