अस्पताल सिल हुने डरले नर्भिकले काेराेना संक्रमितलाई पाटन सार्‍याे

News

काठमाडाैंकाे नर्भिक इन्टरनेसनल हस्पिटलले उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएलत्तै उनलाई पाटन अस्पतालमा पठाएको छ । होटौडाकी ५६ वर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएसँगै उनलाई सोमबार बिहानै नर्भिकले पाटन पठाएको हो । ती महिला बिरामी भएर बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि नर्भिकले पाटन अस्पताल पठाएको हो । कोरोना भाइरस पोजिटिभ देखिने बित्तिकै अरु अस्पतालमा पठाउने गरिएकाे छ’, नर्भिकका एक कर्मचारीले भने, ‘यसअघि आरडीटी पोजिटिभ देखिएका २ जनालाई पनि सिफ्ट गरिएको थियो ।’ कोरोना संक्रमित भएपछि अस्पताल सिल हुन्छ भन्ने डरले पोजिटिक केस राख्ने नगरेको ती कर्मचारीले बताए ।‘अस्पतालले कोरोना संक्रमितको रिपोर्ट डाक्टर र नर्सलाई भन्ने गरेको छैन’, ती र्काचारीले भने, ‘यसबाट स्वास्थ्यकर्मीलाई सरेको रहेछ भने के गर्ने ?’ डाक्टर र नर्स नै जोखिममा रहेको उनले बताए । ‘संक्रमित हो भन्ने थाहा भयो भने घर नगइ उपचार गरिन्थ्यो,’ उनले भने, ‘रिपोर्ट लुकाउँदा अस्पतालमा त सर्ने भयो नै, घरका मान्छेलाई पनि सर्ने जोखिम भयो ।’