न्यूजील्यान्ड काेराेनाभाइरस सङ्क्रमण निमिट्यान्न पार्ने पहिलो देश

International

न्यूजील्यान्ड । न्यूजील्यान्डले गएको साता कुनैपनि नयाँ सङ्क्रमण नभएको बताउँदै अब त्यहाँ एकजनामा मात्र कोरोनाभाइरस सङ्क्रमण बाँकी रहेको बताएको छ । मार्च २५ मा १०० जनाभन्दा कममा सङ्क्रमण भएको र कसैको पनि मृत्यु नभएको अवस्थामा पूर्ण लकडाउन लागु गरेको न्यूजील्यान्ड भाइरसलाई निमिट्यान्न पार्ने पहिलो देश हुने भएको छ । न्यूजील्यान्डमा कुल १,५०० जनामा सङ्क्रमण देखिएको र २२ जनाको मृत्यु भएको थियो । गएको महिना न्यूजील्यान्डले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा विजय प्राप्त गरेको घोषणा गरेको थियो ।न्यूजील्यान्डमा शुक्रबारदेखि १०० जनासम्म भेला हुन पाइने भएको छ र सेप्टेम्बरमा अस्ट्रेलियासँगको सीमा खोल्ने सम्बन्धमा योजना बनाइँदैछ ।