थप १३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १८ सय ११ पुग्यो

Health-Education

२०७७ जेष्ठ १९ : काठमाडौँ – नेपालमा थप १३  जनामा कोरोना संक्रमण  पुष्टि भएको छ  ।  सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १८११ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझ कपिलवस्तुमा ७, पाल्पा र रुपेन्देहीका २/२ तथा नवलपरासी र गुल्मीका १/१ जनामा कोरोना पुष्टि भएको हो । डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा १५ सय  ६७  जना संक्रमित रहेका छन् । आजसम्म २  सय २१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ जना रहेको छ  ।