२०७७ जेष्ठ २१ : काठमाडौँ – सरकारले कर तिर्ने समयावधी बढाएको छ । चौतर्फी विरोध भएछि आन्तरिक राजस्व विभागले जेठ २५ बाट बढाएर असार ७ गतेसम्म पु-याएको हो । दुई महिना लकडाउन गरेर लकडाउनकै अवधि जेठ २५ गतेसम्म कर तिर्न गरिएको उर्दीविरुद्ध व्यापारी, राजनीतिक दलहरुले विरोध जनाएका थिए ।